kavita

कबिता


“कबिता”

बितेका मेरा पलहरुमा
मेरा बाल्यकालको छायाँ देख्छु,
नखाई नपिई मलाई ख्वाउने
मेरी आमाको माँया देख्छु
किशोरवस्था भित्र रुमलिएका
तिता मिठा कहानीहरु देख्छु ।
मौन मेरो बस्ती भरिको
शितल शितल पवनहरु अनुभव गर्छु
बसन्तको आगमनसँगै ढकमक्क
फुल्ने लालीगुराँसका लालीहरु देख्छु,
जहाँ म गाउँने गर्थें न्याउलीसँगै
नाँच्ने गर्थे मयुरसँगै
बग्ने गर्थें मेरो प्यारो पिखुवा
अनि अरुण सँगै
लिङ्गे पिंङ्गसँगै मच्चिएका
दसैं तिहारहरु
मेरा आमा अनि बुवाको आशिषसँगै
चुलिएका मेरा प्रेरित क्षणहरु
देउसि,भैलो अनि मखमली फूलसँगै
नाँच्दै, गाउँदै फुलेका पलहरुलाई
टाढै छोडि,
आज म यहाँ
बर्तमानमा आईपुग्दा सबै बिक्षिप्त छन
फुटेको ऐनासरी, च्यातिएको पानासरी अनि
चोइटीएको पिंडीत मन लिएर
भौतारिरहेछु मरुभुमिमा
पानीको प्यास पसिनाले मेटाउँदै
चर्किएको घाउहरुमा पराईको
रुखो अनि तिखो बचनको
मल्हम दल्दै जीवन घिस्याँई रहेछु
आखिर किन यी सब गर्दापनि
मेरी आमाको फाटेको चोली सम्म टाल्ने सामर्थ्य भएन
मेरो बुवाको दुखी मनमा शान्त्वना सम्म दिन सकिन
मेरी बहिनीको हजारौं आकंक्षाको पानाहरु
एउटैपनि भर्न सकिन,
भाईको एउटा असल दाजु बन्न सकिन
धिकार्छु मेरो आफ्नो जिन्दगीलाई
अनि सोंच्छु र प्रस्न आँफै गर्छु आफैलाई
के यी नै हुन मैले निभाउने मेरा कर्तब्यहरु?
जीवनका बिषमताहरु?

-बी जे बान्तवा राई
ठुलो दुम्मा-९ (भामलबस्ती)
भोजपुर, कोशी
नेपाल

1 comment:

  1. HO ni BJ sir Yahi chha hamro jibankaa bishamtaa haru kahile samjhida pani dukha lagne kahile samjhna pani nasakine yasti chha anyway tapaiko kalpanil hos ya bastabik dherai nia ramor chha keep it up la

    Subash "Pal"
    Al Riyadh

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin