
देश! तिम्रो गर्भासयसँग बिद्रोह गरेर
मलाई आफ्नै आकृति कोर्न मन छ
जुन आकृतिबाट कुनै समयमा
एउटा जीवनचक्र मेरो पनि थियो भन्ने
यहीं धर्तिलाई थाहाहोस्
मन सल्किएको बेला मलाई
शहिद हुन मन छ ।
मनबाट खोसिएको भुमिबाट
एउटा अर्को बुद्व जन्माउन मन लागेको छ
जो मेरो युगको प्रतिक बनेर उभियोस्
मृत्यु पर्यन्त अलगपरिभाषा बोकेर उभियोस्
देश! तिमीलाई बलत्कार गरेर
एउटा परिवर्तन युग जन्माउन मन छ
त्यो युगमा
एउटा उत्साहको घाम लागोस्
जूनपनि त्यो बिशाल आकाशमा
आफ्नै स्वच्छन्दता बोकेर हाँसोस
थुप्रै मनहरु रोएको बेला
मलाई अलग रुवाई मन छ
जुन रुवाईपछि एउटा मिठो
आभास होस्
जुन रुवाई मलाई तिम्रै काखमा बसेर रुन मन छ
जो मानवताको स्वरहरु लिएर
साख्य तिम्रो कानमा गुन्जियोस्
देश! कोख प्रसव बेदनाले थलिएको बेला
तिम्रो आँखाबाट त्यस्को बाढी उर्लिएको बेला
मलाई एउटा सत्यकुरो खोल्न मन छ
थुप्रै असत्यबाट एउटा सत्य ओकल्न मन छ
तिम्रो कोख अझैं उजाड बनेको छैन
तिम्रो मातृतवमाकुनै खोट छैन
तिम्रो कोखबाट सपुत मात्र होइन
कपुतहरु पनि जन्मिरहेकाछन
जसले तिम्रो मातृतवको अपमान गरिरहेछन
तिम्रो ममतामाथि
कुठाराघात गरिरहेछन
तिम्रै गर्भमा बसेर
तिम्रै बिरुद्व धावा बोलिरहेछन
यतिबेला मलाई प्रस्न गर्न मन लाग्छ
तिम्रो सन्तान कुन हो ?
के
मेरो आँखाले परिवर्तनको सपना देख्नु पाप हो ?
मनले सुन्दर आगतको कल्पना गर्नु
अपराध हो ?
ए, आमा! तिम्रा ओंठहरुकिन मौंन ?
तिम्रो मन किन स्तब्ध ?
हो, आमा तिमीलाई यो प्रस्न छ
यो गल्ती हो भने फुटाइदेउ मेरो आँखा
यो पाप हो भने
तोदिदेउ कल्पना
देश! तिम्रो आत्मा मृत युगसँगै पोलिएको बेला
म समयको कसम खाएर भन्छु,
तिम्रो कोखबाट एउटा नयाँ बुद्व जन्मिनुपर्छ
देश! तिम्रो करणी गरेर
मलाई नवयुग जन्माउन मन लागेको छ ।
झमक घिमिरे
धनकुटा,नेपाल
Very good poem Jhamaji. Our land really needs different flavor.
ReplyDeletePlease keep writing.
bir haruko des vanera chinine nepal lai tapaiko kabitale prusti gareko chh,
ReplyDelete