kavita

कबिता

म पगल रे

जीन्दगीको यात्रामा एकल रुपमा जाँदै थिए
यात्रारुपी जीन्दगीमा क्षणिक साथ पनि पाए
साथीको नामबाट घृणा अनि तिरस्कार पाँए
साथिकै नामबाट धोका अनि विस्वासघात पाँए
साथिकै नामबाट चोटहरु पनि पाँए
लाग्यो जीवन एउटा दुःखी यात्रा रहेछ ।

हाँसोलाई थाँती राखि दुःखमा बगिरहे
लगाइ मस्तीस्कमा चोटको भारी
आँशुको धारा बगाइरहे लगाइ मस्तीस्कमा
पिरव्याथा अनि तिरस्कारको भारी ।

समस्याको जँन्जीरबाट मस्तीस्क यो बाँधिएर
समाधान खोज्दाखेरी समाजबाट हेपिएर
पागलपनको विशकृत मस्तीस्कमा पलाइ सक्यो
त्यसैले त मलाई पागल उपनाम दिईसकियो ।

कस्तो म त आज यहाँ पागल भएरे
पागल भइ समाजको मैले बदनाम गरे अरे
त्यसैले मलाई एउटा जँन्जीरले बाँधिएको छ ।
प्ागलको नामबाट यातना मलाई दिइएको छ ।

त्यसै म पागल भइन त्यसै मलाइ
प्ाागल बनाइएन समाजका विकृतिलाई
हटाउन खोज्दा पागल मलाई बनाइयो
समाजलाई शिक्षा दिन खोज्दा पागल मलाई बनाइयो
निमुखाको उद्धार गर्न खोज्दा पागल मलाई बनाइयो
सामन्तीको विरोध गर्दा पागल मलाई बनाइयो
तर
प्रकृति तिमी त मेरो भावना बुमुछौनी हैन
त्यसैले प्रकृति तिमी मलाई यो जँन्जीरबाट हटाइदेऊ ।
हेपिएका मानिसको मुक्तिका लागि प्रकृति तिमीले सहयोग गरिदेऊ
प्रकृति
तिमीलाई बिन्ति गर्छु म तिमीले यो काम गर्नुपर्छ
नत्र तिमीलाई समाजले धिकार्ने छ
हाम्रा भवि पुस्ताले धिकार्ने छन् तिमीलाई
सारा मानव सत्यताको इतिहासले धिकार्ने छ तिमीलाई
त्यसैले प्रकृति
यि मानिसका निच तथा सामन्ती व्यवहारको सुधार गरी
मलाई लागेको पागलपनको विल्ला हटाईदेउ
तिमीले मात्र सक्ने छौ यो पागलपनको विल्ला हटाउन
हो प्रकृति विन्ती गर्छु तिमीलाई जीन्दगीको भिख माग्छु तिमीलाई

जीन्दगीमा असल मानिस बन्ने चाहना थियो मेरो
तर आज मलाई संसारले पागल बनायो
जीन्दगीको पिडाबाट पिडितको उद्धर गर्न खोज्दा मलाई पागलपनको विल्ला भिरायो
विन्ती छ प्रकृति मेरो पागल मलाई नबनाउ
पागलत म हैन यि सारा मलाई पागल बनाउनेहरु प्ागल हुन
समाजलाई बन्धनमा पर्नेहरु प्ागल हुन
निमुखालाई हेप्नेहरु प्ागल हुन
असाध्यको साहरा खोज्नेहरु प्ागल हुन ।

धोका र विस्वासघात गर्नेहरु प्ागल हुन
मलाई संसाबाट तिस्कार गर्नेहरु प्ागल हुन
आसुको सागारमा मलाई डुवाउनहरु प्ागल हुन
समास्याको खाल्डोमा मलाई पुर्नेहरु प्ागल हुन

नदीको भङगालोमा मलाई फाल्नेहरु प्ागल हुन ।
निर्णन जंगलमा मलाई एक्लै छाड्नेहरु प्ागल हुन ।
आकाश जस्तो फराकिलो माया दिन्छु भन्नेहरु प्ागल हुन
हिँउ जस्तो सफा नाता जोड्छु भन्नेहरु प्ागल हुन
हो प्रकृति पागल त म हैन पागल त यिनीहरु हुन
जस्ले मलाई पागल उपनाम दिइ बदनाम मेरो गरिरहे

गणेश आभागी
मत्स्यपोखरी ९ देविटार
संखुवासभा कोशी नेपाल
हाल: सुकुना बहुमुखी क्याम्पस मोरङ
email: amith_gpn@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin