कविता

होसियार

चुनावका बाचा कसम भुल्ने हरु होसियार
संबिधान सभा छाडी डुल्ने हरु होसियार
मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार
जन्तालाई मुर्ख ठान्ने स्वाठ हरु होसियार
राष्ट्र भन्दा स्वार्थ माथि राख्ने हरु होसियार
संबिधान लत्याई सत्ता ताक्ने हरु होसियार
मैखाउँ मैलाऊ मात्र भन्ने हरु होसियार
मानिस लाई भुसुनाझै गन्ने हरु होसियार
शान्ति लाई उल्टो तिर हाक्ने हरु होसियार
नेपाल लाई द्वन्द तिर जाक्ने हरु होसियार
होसियार होसियार जन्ता हरु होसियार

-विमल गौतम
१३ चैत्र २०६६ रियाद

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin