kavita

कबिता

साकुरा र मेरो देश

सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउँद भरिको जाडोसंग पौंठेजोरी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःख पछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि ढक्कमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा
यता उता जताततै साकुरा फुल्यो
सबैको मन त्यहि साकुरामा भुल्यो
चिरविर चरी पनि साकुरामै रम्यो
फुरफुर गर्दै पुतली साकुरामै झुम्यॊ
भुं भुं भमराले पनि साकुरानै चुम्यो
तर म किन हो कुन्नि ? साकुरासंग फुल्न सकिन
यो बिदेशको रमझममा त झन भुल्न सकिन
खै किन हो म बिदेशी माटोमा काख्खीन सकिन
मलाई जस्ले जे भनुन् पराईसंग रत्थीन सकिन
त्यसैले जापानमा साकुरा फुल्दा मेरो मनमा
नेपालको त्यै चेत बैशाखको पलुवा पहलाउछ
कोईली र न्याउलीको बिरही भाकामा बहलाउछ
अनवरत ति हाम्रा नदी नालाहरु सुसाउछ
त्यै साग सिस्नो र ऐसेलु काफल बसाउछ
काफ़ल पाक्यो चरीले पनि मलाईनै बोलाऊछ
त्यति मात्रै हैन मेरो मनमा
हिमाली भेगको लाली गुंरास फुल्छ
पहाडी खन्डको टांकी फूल फुल्छ
तराई फांटको तोरी फूल फुल्छ
बन पाखामा फुल्ने प्याउली फुल्छ
अनि त्यै चांपा र सुनाखरी फ़ुल्छ
हो, मेरो मन संधै नेपाली हुनमै गर्वले फुल्छ

छक्कु उदाशी
म्याग्दी नेपाल
हाल : टोकियो जापान

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin