kavita

गीति कविता

तिम्रो याद आयो.....!

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पल हरुले साह्रैनै सतायो
मृग नयनी चच्छु तिम्रा झिमका परेलीको
कम्पन त्यो अधरको प्रित तरेलीको
औलाहरु यिनई हुन् चुम्ने तिमीलाई
वारी पारि विधाताले पार्यो हामीलाई
संगै बाच्ने संगै मर्ने बाचा कता गयो
मन मुटु तिम्रै रहेछ अनि याद आयो
अगालो त्यो शिशिर को चुम्बन अधरको
मुटु भित्र घरजम गर्ने हेराई नजरको
शिर देखि पाउ सम्म तिम्रो याद आयो
अभावले कि स्वभाव ले हो साह्रैनै सतायो
अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पल हरुले साह्रैनै सतायो|

बिमल गौतम
मोरङ नेपाल
हाल: साउदी अरबिया

1 comment:

  1. Aha! kya mitho kabita bimal G, yastai sangracahnako shubhakamana hai yasari nai ramra sirjana padhna pau.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin