kavita

गध कविता

एकतामा बल अनेकतामा कलह

हाम्रो मस्तिस्कमा बल भर्नु पर्ने छ
भाई-भाई, बहिनी- बहिनी यौटै मन यौटै ध्यान यौटै चित्त
एक कबिला एक गुरिल्ला बन्ने समय आएको छ
स्थान बनाई तयार हुने बेला आएको छ
तेसैले समय बर्बाद नगरौ
नुन खाएको कुखुरो झैँ झोक्रेर बस्ने बेला छैन
बाद-बाद, बादी-बादी पन्थी-पन्थीको
भरोसा गर्ने दिन छैन आब
खास देशभक्तको व्यक्तिको जरुरि छ
यो कुनै खेल अनि ठट्टा होइन
बैरीहरुलाई कम्जोर कहिले सोच्नु हुदैन
बैरीले जरा काटेर खान ब्वासोको रुपमा गिद्दले जस्तै
नज़र लाएको छ मान्छे खाने चितुवाले झैं
लप्का लप्का र्‍याल काढेर राता राता मुख परेको छ
भाग्यमा छ भन्दैमा डोकामा दुध नथापौं
गर्ने भन्ने हामी तिमी नै देशका पहरेदार हौं
उनिहरुको अन्तिम या त हाम्रो
अन्तिम दिन भयवहको दिन
या त दुरभाग्य या त भाग्यदय!
त्यसैले एकता हुनु पर्ने छ सबैले
हातमा हात काँधमा काँध
साथले साथ दिनु पर्ने छ
हे पहरेदार हो खबरदार!
खबरदार! होसियार!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin