kavita

कविता



छोरी! संसारकै सृष्टी ....!

छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ

छोरी तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी

बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी

तिमी सीता अनि भृकुटी हौ अरे झासिकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी

ओहो ! तिमी द्र्रोपति रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम |

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

1 comment:

  1. good good good very good keep it up.

    Pranay Sharma

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin