"म एउटा लज्जा लेख्न चाहान्छु"
लगाम लगाएको घोडा जस्तै
मेहेमा बाँधिएको गोरु जस्तै
हरेकको गलामा बाँधिएको छ
एउटा कुसंस्कारको सा¨लो
त्यसैले
भर्रखरकी तिन चार जान तरुणी चेलिहरु
लठ्ठीको साहाराले मात्र हिड्न सक्ने
एउटा जिजीबिषुलाई पछ्याई रहेको छन
आºनो पतिदेव संम्झेर…………।
आँखा भएर पनि ति चेलिहरुले
आफ्नो खुल्ला आँखाले
कहिल्यै यो दुनियाँ हेर्न पाएका छैनन ।
एक पल पनि स्वातन्त्रको
मिठो स्वास फेर्न पाएका छैनन ।
अनि यी चेलिहरुको अनुहार पनि
कहिल्यै कसैले देखेका छैनन ।
कसै सगँ सिधा नजर हेर्नु र हेराउनु हुदैन रे……
धर्म नष्ट हन्छ रे……
त्यसैले यी चेलिहरुको कथा
अलिक भिन्न र अलिक बिशिष्ट छ ।
अनुमति दिन्छौ भने चेलि
आज म तिम्रो आत्मा कथा लेख्छु ।
यो धरतिको यो युगको नमिठो सत्य लेख्छु ।
काले बार्को भित्रको अत्याचारको
सारा सारा यर्थाथहरु लेख्छु ।
ढुङ्गा जस्तै मन भएका
रोवट रुपी पुरुषहरुको बारेमा लेख्छु ।
धर्मको नाम लिएर
चेलिहरु माथी गरिने कठोर दमनको कुरा लेख्छु ।
जहाँ महिला अधिकारबादीहरु
राष्ट्रिय र अन्र्तराष्ट्रिय ठुल्ठुला सेमिनारहरु गर्छन
त्यहाँ नै आºनो टाउको ढाकिएको कालो बोर्की
उठाउन नपाउने सम्मा कुसंस्कार पनि छ ।
के यो तपाईहरुलाई थाहा छ
विरोधको प्रतिक कालो कपडाले
युगौ देखि सिङ्गै शरिर छोपि मौन विरोध
गरि रहेको ठाँउ सम्म के तपाईहरुको नजर पुगेको छ
धर्मका दासहरु कुसंस्कारका कमारीहरु
यी पिडीत चेलिहरुको अधिकार
महिला अधिकार भित्र कहिले समेटिन्छन् हजुर
चेतनाको उज्यालो भन्दा अलिक पर
मानव शभ्यताको दृष्टि भन्दा अलिक ओर
सुन्यता र अन्धकारमा एउटा बस्ती छ ।
त्यहाँ धर्मले मान्छे जन्माउदो रहेछ ।
मान्छेहरुले धर्मलाई होईन ।
संस्कारलाई त मान्छे मात्रको
हजुर बाबा पो ठोनिदो रहेछ…………॥
त्यसैले त्यहाँ
एउटी छोरी मान्छे लाई मान्छे मानिदैन ।
हो हजुर आज म
एउटी छोरी मान्छे साँच्चि नै
मान्छे जस्तो भएर बाँचेको हेर्न चाहान्छु ।
आज तिनै चेलीहरुको
मुटु भित्रको सबै सर्बै बेदना लेख्न चाहान्छु ।
बरु यो दुनियाँ बाट निष्कासित हुन परोस ।
तर म आफु पुरुष हुनुको
अहंता र आफ्नै कलुषिताको भावनाको
एउटा मिठो लज्जा लेख्न चाहान्छु ॥
चकेन्द्र राई "कैदी"
पाख्रीबास, धनकुटा
नेपाल
चकेन्द्र जी,
ReplyDeleteम तपाईका रचनाहरु संधै पद्छु राम्रा हुन्छन
आज मुस्लिम देशका महिलाहरुको पिँदा लेखनु भा रैछ,
यो पनी एकदमै राम्रो छ...बधाई छ
CHAKENDRA JI,
ReplyDeleteKABITA CHELIKO BHANI IUTTA ISTRI JATILIKO SANSARIK BIDAMBANA JAHA DHARMA CHHA DHARMIK CHAINA JAHA JAHA SASKAR CHAA STRI JATIKO SATH CHAINA HO, RAMRO OULAYERA LEKHNU BHAYECHHA TAPAILAI M PANI EK STRI ANI EK BISANGATIKO BIRODHI PARE YAHAKO LEKHLAI DHNYBAD CHAA.
"MRIDU"
indra g derai derai dhanyabad hai . aaja ko yo byasta duniya ma mero bichar lai padhi matra dinu mata bhayana mitho comment pani lekhnu bhayachha .mero kosis ho tapai haruko satha paya samma ma kosis gari rahane chhu . ok bye chakendra rai
ReplyDeleteMIRDU JI MALAI KHAS GARERA NARILAI HERNE HAMRO SAMAJ KO NAGAR ALIK SAGURO CHHA KI JASTO LAGCHHA . MALAI YAUTI NARI KO SASAMMAN BACHCHA PAUNE ADHIKAR KO GYARENTI GARINU PARCHHA JASTO LAGCHHA .CHHORA CHHORI BARA BARI YO BYAWAR MA PANI LAGU HUNU PARCHHA . MA YO NAI CHAHANCHHU .OK CHAKENDRA RAI
ReplyDelete