kavita

गध कबिता

म मानिस‏

म मानिस भै'कन जन्म लिएछु,यो धर्तीको बिंचमा
न त कहिल्यैँ सतकर्म केहि गरेछु, हुने सबैको हितमा
मानिस भै लाग्थ्यो खुशी मानिसलाई टेकेरैँ अगी पुग्दा
आनन्द बिभोर भै यो मन रमाउँथ्यो, जित हातमा पर्दा
स्वार्थमा चुर्लुममै डुबेर हर्षीत भै'मन भित्रको शहर घुम्दा
ठान्थे कोही छैंन म जस्तो महान भाग्यले शिरमा चुम्दा
आज आँफै देखि हारेर जब ढल्यो यो शरीर मुर्दा झैँ भएर
आउँछन् सारा ति कुरा आँखामा गएन पस्यतापमा जलेर
आज अर्ती म कन दिन्छु जो लिन्छन् मनमा मननै गरेर
नगर्नु पाप मानिसले मानिसलाई अहम्ताको छलमा परेर
माटो हो यो शरीर एकदिन माटोसंगै गएर आखिर मिल्दछ
जो छ बबुरो चतुरो यो जगत चिन्तनमा अगिनै उ लाग्दछ

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

1 comment:

  1. jun maya le dhar dhari ruhaayo tyahi mayalai dekhna man laachha,,,,

    I love your poems Gita g
    Sanam Adhikari

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin