kavita

कविता


नपर्खे बहिनि तिहारमा मलाई ......!

नपर्खे बहिनि तिहारमा मलाई दोबाटो कुरेर
ओइलाई जाला नराखे अब फूल माला उनेर
आउने बाचा तोडेको भनि नश्राप्नु मलाई
आउदो साल दिल्खोली बहिनि हसाउला तिमीलाई

साइला र माईला लिंग्गे पिंग लाउन बाबियो बाट्दाहुन्
लाउरे र गाउले चौतारी बसी दुख सुख साट्दाहुन्
सोद्धा हुन् मलाई हर्क र वृष दौतरी सबैले
संझना छ रे आगौं आउछ भन्दिनु तिमीले

देउसे-भैले आउलान नाचगान गर्लान आगानी भरेर
नांगलामा सजाई दान दिनु बहिनि दिपज्योति बालेर
हासेर मनाउ तिहार हाम्रो घन्काउ मादल
सबैले मिलि हटाउनु बहिनि हिंसाको बादल

विमल गौतम
मोरंग
हाल साउदी अरेवीया

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin