kavita

कविता


दशैंको टिका थाप्न..........!!

दशैको टिका थापन यसपाली घर फर्की आउँ चेली
आघौं र पराघौं भन्दामा भन्दै नगर तिमी धेर झेली|

दिनू र खानु त केछर चेली आशिष थापन आऊँ
आघौं र पराघौं नभन चेली यही सालमा फर्की आऊँ|

धनको लागी पराईको देशमा नसुकाउँ चेली पसिना
निर्धोको भागमा सधैं'नै चेली पर्दछ दु:खको असिना|

गाउँघरका तिम्रा सङ्गीले पनि सोध्धैं थिए तिमीलाई
कान्छो भाईले पनि भन्दैथ्यो आमा डाँकन दिदीलाई|

आफन्तदेखी दूरको देशमा लौ धेरै नबस चेली तिमी
न'तिम्रो भोक'न तिम्रो तिर्खा बुझ्दछौ त्यहाँ हामी|

रुखो र सुखो जे जूट्छ चेली खाऔला सबै मिलेर
चाहिदैन धनको लौ भारी चेली नबस नेपाल भूलेर|

गीता थापा (दोषी)
बेलबारी, मोरङ
हाल: ईजरायल

2 comments:

  1. Euta daile pokheko bedanaa sarsarti koriyeko, kati saral rupma, dherai raamro lagyo keep it up.

    Salon Shrestha
    Arizona, US

    ReplyDelete
  2. malai dherai man paryo gita ji hajur ka komal bhawanaharu yo blog ma padhan pauda.

    Sanita Upreti
    Ktm, Nepal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin