kavita

कबिता

न सिउँदोमा मेरो सिन्दुर'नै‏,,,,,,,

न सिउँदोमा मेरो सिन्दुर'नै तिम्रो नाउँको निशानी'छ
न'त मेरो अब तिम्रो जस्तै भरपुर जवानी बाँकी'छ

अमूल्य प्रेमको मूल्यनै कहाँ र मागु तिमी सँग म केही
अल्झिएछ त्यही मात्र ढुकढुकीमा केवल नै केवलमा उही

तिम्रो भित्ताभरी टाँगेको मेरो तस्विर सलाई कोरेर जलाईदिनु
केही याद अझै बाँकी तिमी सँग भए मलाई'नै फिर्ता गरिदिनु

हिजो जो थियो आज भैइँसक्यो तिमी फेरी त्यहाँ नगहिरिनु
यस्लाई तिमी एउटा नमिठो भूल सपना हो भनी भूलीदिनु

अब खरानी भएका मात्र शून्यतालाई तिमी झझल्कोमा नराख्नु
हिजोको अतित भूलेर अब तिमी आज सँगै रमाउँन सिक्नु

गीता थापा (दोषी)
बेलबारी, मोरङ
हाल :ईजरायल

2 comments:

  1. गीता जी, धन्यबाद, तपाईंको रचनाहरु निरन्तर पाईरहेका छौं तपाईंको अमुल्य रचनाहरु हाम्रा लाईब्रेरीमा संकलित भईरहेकाछन, तपाईंको सम्पुर्ण रचनाहरु एक-एक गर्दै प्रकाशमा ल्याउँदैनै जानेछौ यो बचनबद्वता तपाईंमा जाहेर गर्दछौ र आगमी दिनहरुमा आफ्नो अमुल्य रचनाहरु हामीलाई पठाउन नभुल्नुहोला। धन्यबाद।

    ReplyDelete
  2. गीता थापा "दोषी" हाल ईजरायलAugust 24, 2009 at 11:34 AM

    धन्यवाद bj जी यहाँको मिठो मेसेजको लागी!यहाँको सकृयता प्रसंसा योग्य छ! जसरी मैले रचना सेन्ड गरेको छु, यहाँले पनि त्यसैगरी यहाँको धेरै मूल्यवान समयलाई त्यहाँ खर्चिनु भएको छ। यो देखेर मलाई अती खुशी लाग्छ। र म पनि टाईम अनकूल रहेसम्म यहाँको ब्लगलाई सधैं मेरा रचनाले फूलाउँने छु! आशा छ यहाँको साथ मिलिरहनेछ, र यो भन्न चाहन्छु हर्दम् मिलिरहोस,
    साथै भोजपुरे टिम्का सम्पूर्ण सयोगी साथीहरुलाई पनि धन्यवाद भन्दै यी मेरा दूईसब्द यहाँनै स्थगित गर्ने बिदा
    माग्दै जाँदाजाँदै यहाँलाई उत्तर-उत्तर प्रगती मिलिरहोश भन्ने कामना गर्दछु।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin