कबिता

सडक अनि म

सुनासान अध्याँरोमा बाहिर निस्के म
सकी नसकी आँखाका नानीहरुलाई
वलपूर्वक सडकमा ओछयाउदै
तिमीलाई बिदा गर्ने
त्यो सडक चियाउन म निस्के
तिम्रो त के दोष थियो र
नियतिले जता डोर्‍यायो
निरिहतामा त्यतै लुरुलुरु हिडिरहयौ
हो, त्यही सडकमा जस्को माथि
पाईला टेकी तिमी हिड्दै गर्दा
मलाई ग्रेट्वाल बनेर
उभिन मन थियो त्यसको बिचमा
स्वज नहर बनी त्यसैको बिचबाट
बग्न मलाई मन थियो
ता कि तिम्रा पाइलाहरुलाई
म फर्काउन सकुँ तर तर
सोचे जस्तो नहुँदो रै छ
त्यो निस्ठुरी सडक
जस्ले तिमलाई एक पटक रोकेन
मेरो प्रेमलाई धज्जी उदाउदै
तिमिलाई बिदा गर्‍यो
तिम्रा गन्तब्यहरुलाई सहज पर्न
त्यो क्रमश: फराकिलो बन्दै गयो
कच्ची ग्रवेल र पक्की हुदै त्यो
क्रमश सुबिधा सम्पन्न बन्दै गयो
त्यसैले मेरो बिरुद्द तिमिलाई
मार्गदर्शन गरायो
मेरो प्रेम रुपी मुना भाँच्दै
म माथि बज्रपातहरु बर्षायो
हो मेरो दुश्मनी केवल
त्यहि सडक सँग
मन भरि रिस इविलिई
बाँच्नु त मनबिय स्वाभब नै रैछ
तर मासु र रगतसँग खै के
दुश्मनी राखौ र आँफैलाई आसुरक्षा
त्यसैले मेरो दुश्मन सिर्फ त्यो सडक
जसले तिमीलाई पराइघर पुर्‍यायो अर्कै बनायो

पर्शु "पृथक"
ईन्द्रपुर्-३ त्रीवेनी चोक, मोरङ

2 comments:

  1. very nice poem
    keep it up.

    yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. Wah kya chha, nice poem keep it up.

    Lenin Sangpang
    AL riyadh

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin