kavita

कबिता

भोकतन्त्र

बिस्वले एकाइसौ सताब्दिमा
साईबर संस्कृति बिकासित गरिरहदा
बिकासाको चरमोत्कर्ष प्राप्त गरिरहेको बेला
छिमेकी राष्ट्रले अन्तरिक्षमा बासस्थान बनाउने
तयारी गरिरहेको बेला
भोकको उपचार गर्न सकेको छैनौ हामीले ।

तमाम औधोथिक सम्भावना
र बिकासको पाथमा पाईला अघि सर्ने
उधमहरु माथि तोड्फोड गरिदा
सत्तालोलुप र स्वर्थी नेताहरुलाई बोकी
अझै हामी खोक्रो नाराबाजी गर्दै छौ
अझै बन्दको राजनीति गर्दैछौ
अझै प्रदुषण बढाउन टायर बालिरहेछौ सडक भरि ।


कर्मकुसल र जागरिला युवाहरुको हात
आफ्नो आक्रोश सवारी साधन
सडक र सालिकहरु माथि पोखिरहदा
देशको तमाम उर्बर भुमी बाँझो रहदा
भोकलाई अझ चर्कौने
बिकिर्ति बिकासित गरिरहेको छौ हामी ।

अराजक जमातले बिध्वसात्मक
खेल खेलिरहदा
उधम र सृजनाहरु माथि
आक्रमण गरिरहदा
पार्टिहरुको पराजय र बिजयको
योग र घटाऊको गणना गर्दछौ हामी ।

बिदेशीको उधम बाट उत्पदित
समान चलाएर
बिदेशिको उधम बाट बिकासित
संस्कृतिमा रमाउदै
बिदेशीले सन्तुलन मिलाएको संगीतमा
एकतमासले नाचिरहेकोछौ हामी
बिदेशीले बुझिदिएको भोकको अनुभब गरिरहेको छौ हामी ।

बिस्वले आफ्नो जाँगर र पारिश्रमले
उन्नतिको सगरमाथा चढेको बेला
मन्दिरमा गएर
भगवानसँग आफ्नो समस्या राखी
प्रार्थना गर्दैछौ हामी भगवान बाट कुनै चमत्कारको आपेक्षा गरिरहेको छौ हामी ।
खै त हामीले भोकको उपचार गर्न सकेको?
खै त हामीले रोगको उपचार गर्न खोजेको?
हामी सबैको यही दुई शत्रु
खै त हामीले चिन्न सकेको?
खै त हामीले भोकको बिरुद्द युद्द घोषाण गर्न सकेको?

दुर्गा प्रसाद खरेल
ईन्द्रपुर्-८ बिराटचौक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin