kavita

कबिता

समर्पण का भाकाहरु...........!!!

यात्रा थिएछ जिल्दगीको यात्री म अनि कतै बाटो लागे
सुःख दुःख हाँसोहरु साथै थियो कतै एक्लै टाढा भागे ॥!

मञ्जुर थियो मलाई यी सबै हालतहरु
मञ्जुर थियो मलाई यी सबै हालतहरु
जे दिन्छ विधाताले सबै सबै त्यो स्वीकार्दै साथै राखे
सबै सबै त्यो स्वीकार्दै साथै राखे । ।!!

रुनु थियो अलिकति सहनु थियो भए जति
रुनु थियो अलिकति सहनु थियो भए जति
घातै घातको कोशेली दियो आफ्नो हरुले
ठिर्कै छ !! त्यो पनि सहि राखे …… । !!

गोरेटो का साथीहरु दोबाटोमा छुटिन्दै गए
गोरेटो का साथीहरु दोबाटोमा छुटिन्दै गए
केहि नासो दियो कोहि गुनासो थियो
त्यो पनि छात्ती भरी छोपि राखे
त्यो पनि छात्ती भरी छोपि राखे …… !!

सन्ध्या खसिसकेको थियो सन्ध्या खसिसकेको थियो
तर मैले अलिक पर पुग्नु थियो जीवनको कठोरतालाई पार गर्नु थियाे
अनि केहि साहारा दिन्छौ कि भनेर मैले तिम्रो हात मागे
अनि केहि साहारा दिन्छौ कि भनेर मैले तिम्रो हात मागे …॥ !!

जीवन धेरै थाकेछ क्यारे त्यसैले तिम्रो साथ मागे
जीवन धेरै थाकेछ क्यारे त्यसैले तिम्रो साथ मागे
रातहरु ढलि सकेको थियो अनि तिम्रो दिलमा बास् मागे
अनि त तिम्रो दिलमा बास् मागे …………॥ !!

धेरै ढलिसकेछन् जीवनका रातहरु
धेरै ढलिसकेछन् जीवनका रातहरु
अब त निदाउनु छ पक्कै निदाउनु छ
येसैले तिम्रो काख मागे………। !!

भोलि सखारै उठ्नु छ भोलि सखारै उठ्नु छ कतै
कुन दुनियाँ हो फेरि पनि जन्मनु छ
कुन संसार हो फेरि पनि आउनु छ
भो अब न ब्यूझाउ है मलाई सम्हालि देऊ तिमी
तिम्रो काखमा यो लाश राखे …॥
यो लाश राखे ……॥ !!

दुर्गा राई "तिनतले कान्छा"
जरायोटार भोजपुर / हाल : ईराक

1 comment:

  1. Sarai ramro kabita,man bhitai chhoyo hai Rai jee.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin