kavita

कबिता

कस्तो आयो जमाना यहाँ हेर मानवको बस्तिमा
मानिस भुल्न थाल्यो दुनियाँमा अमृत छाडी रक्सिमा ।
नातागोता इस्टमित्र दाजु भाई लत्याउछन् है किन
चाहिन्छ सबथोक यहाँ सबैलाई चाहे काढेर होस् रिन ।।

घुम्छन् दिनभर बजारमा यहाँ केही पाईन्छकी भनेर
चाहेको चिज लिनै पर्दछ फेरी सबै आफ्नै ठानेर ।
घ्रिणा, लोभ द्वेश अनी क्रोध गहनामा गनिन्छ
सारा पाप गरी धन कमाए पनि इज्जत त्यस्को मानिन्छ ।।

पैसाको लागि मानिस हेर यहाँ मारामार गर्दछन्
इमान के हो हराइगयो दुनियाँमा धनकै लागि लड्दछन् ।
आफ्नो अर्को कोही छैन यहाँ द्रब्य बाहेक संसारमा
लक्ष्य केही छैन जीवनको पनि बिते दिन बेकारमा ।।

हे मानव छोडिदेउ ब्यभिचार तिमीले सत्मार्गमा लागिदेउ
बन्धुत्व मानवता अनी भाईचारा बाटो असल हो ठानिदेउ ।
तिम्रो जन्म किन भयो दुनियाँमा सोचेर बिचार गर
सेवा गरी दिन दुखि जनको भवसागर पार गर ।।

लेखनाथ गौतम
अल्बामा {यु. एस. ए.}
Email: nepaliatusa@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin