kavita

कबिता

कबिता
आशाको दियो माझ झुल्किएको म
स्वच्छ मनले सजिएको म
उनै वीर हरुको रगतले ब्युँझिएको म
म हुँ स्वाभिमान नेपाली

हृदय भरि त्यही हरियाली हुर्किएको
प्रत्यक नसामा त्यहीं स्वच्छ पानी बगिरहेको
हर गाँसमा त्यहीं माटोको बास आइरहेको
हो म त्यही नेपाली हुँ
प्रत्यक धुनमा आफ्नै गोठाले गितगाइरहेको

मेरो आत्मामा निक्लिएका प्रत्यक धडकनहरु
हो यही हो नेपाली डम्फु र झ्याम्टाका आवजहरु
आँखा अगाडी झल्की रहने हिमशिखरहरु
हो म त्यही नेपाली हुँ
वीर गाथामा रचिएका ति निडरहरु

आफ्नै सोझो पनमा लम्किएका यी पदहरु
अनन्त गगन चुम्ने यी भित्री मनहरु
निर्दोष कलम समाउने यी औंलाहरु
हो म त्यही नेपाली हुँ
बित्दैन सुतेर यी प्रगतिका रातहरु

सहदैन अपमान बिस्वस्त छ ऊ आँफैमा
सोझा छन नेपाली जान्दैनन छलकपट यहाँ
सरला समाजमा हुर्किएका हामी
हो म त्यही नेपाली हुँ
सारा जगतमै छौं हामी नामी

नेपाली हौ हामी इमान्दारता जहाँ पनि
छेक्दैन हामीलाई भिरपाखा झरेपनि
गुम्दैन हामीमा बिस्वास्का लहरहरु
हो म त्यहीं नेपाली हुँ
पुग्दैन बाँचुन्जेल नेपाली हुने रहरहरु

-देबेन थापा
बसन्तपुर-४,तेह्रथुम
हाल्: साउदी अरेबिया

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin