kavita

कबिता

"आजको मित्र"

जिबन यात्राको क्रम सङ्गै, अधुरो नाता गाँस्दा रैछन
यथार्थ भावना बुझ्न नसकि बाहिरि हाँसो हाँस्दा रैछन
सुनिश्चित लक्ष्य चुम्न नसकि बिचमै यात्रा छाड्दा रैछन
पबित्र आत्मा चिन्न नसकि आत्माको क्रन्दन तोड्दा रैछन

मनको बेगलाइ थामेर राखि बाहिर अर्कै बोल्दा रैछन
जाल र कपट साँचेर भित्री हृदय खोल्दा रैछन्
निष्ठुरि माहुरी बनेर तिनै फुलको रस चुम्दा रैछन
बन्नलाई मुशल पछाडी यिनै सियो बनेर घुस्दा रैछन

अर्काको चाहना लुट्नका लागि क्षण भरको नाटक गर्दा रैछन
आकंक्षा आफ्नो प्रप्ति गर्न एकछिनको लागि मर्दा रैछन
इज्जत् माटोमा मिलाइ बेइज्जतको झोला भिर्दा रैछन
गन्तब्य आफ्नो बिर्सन्दै खाल्डोमा आफै गिर्दा रैछन

टिका बिबश
दर्लिङ- ८ बाग्लुङ्ग
हाल: मलेशिया
(टीका बिबश जी आगमी लेखहरुमा आफ्नो फोटो सम्भब भए पठाउन नभुल्नु होला,-भोजपुरे ब्लग परिवार)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin