kavita

कबिता


तराइ रोइ रहेछ


दु:ख को क्षेण
पिडा को सागर भित्र
आशु को बुद मिसाउदै
जीन्दगी का नाउ खियाइ रहेछन
आज तमाम तराईबासीहरु 
कोशी का भएवित र उदास बगरहरुमा,

बिरह र ब्यथा सँगै सोकाकुल महा मुद्रामा
बेदनात्मक बन्धनबाट स्तब्ध
अनगिन्ती सोकाकुल सन्तानहरु बिच
ओठ् का थैली खोलेर
सिटामोल का दरिद्रिक मानसिकता
बोकी जिबित मृत  का प्रतिमाहरु
सान्त्वना का फोस्रा शब्दहरु
बाडन ब्यस्त छन,

हा हाकार र भये सगै
आशु का थोपाहरु लाई शुक्ष्म कण सम्झी
बेदनामा आशु पिउदै बाचिरहेका
उकुस मुकुस आँखाहरु का समिपमा
औपचारिकता का बकम्फुसे चिप्ला अबिलाषाहरु
ओकल्न आतुर छन बर्तमान बुल् फ्रगहरु

बिमल गिरी,चारपाने झापा

हाल: बेल्जियम
नोट: ( बुल् फ्रग क्यानडामा पाइने भ्यागुता हो यस् को आवाज १ कि. मि. सम्म सुनिन्छ तर केही अर्थ लाग्दैन)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin