
"कबिता"
'मेरो जन्म दिनको शुभकामना !'
आमाले भन्नुहुन्थ्यो
झिसमिसेको अन्त्यसँगै बिहानी म
घामसँग लुकामारी खेल्दै धर्तीमा ओर्लिए रे
घामले दिनभरी मलाई सुम्सुमायो रे
मेरा भिजेका लुगा सुकाइदियो रे
जब म फुर्तिलो देखीएँ रे
मलाई न्यानो लुगाले लपेटेर
आमासँग छोडेर घरको धुरीबाट टाडियो रे
हिंजो जस्तै धेरै दिनहरु
मेरो रेखादेखमा नै बितायो रे
कहिले बादलले छोपिएर मलाई जिस्क्याउथ्यो रे
कहिले बादलबाट हटेर मलाई अँगालो हाल्थ्यो रे
खै कस्तो आत्मियता हो उसँग
म पनि निंद्राले छIड्ने बितिकै
उसलाई भेटन हतारिन्थे रे।
आमाले भन्नुहुन्थ्यो
झिसमिसेको अन्त्यसँगै बिहानी म
घामसँग लुकामारी खेल्दै धर्तीमा ओर्लिए रे
घामले दिनभरी मलाई सुम्सुमायो रे
मेरा भिजेका लुगा सुकाइदियो रे
जब म फुर्तिलो देखीएँ रे
मलाई न्यानो लुगाले लपेटेर
आमासँग छोडेर घरको धुरीबाट टाडियो रे
हिंजो जस्तै धेरै दिनहरु
मेरो रेखादेखमा नै बितायो रे
कहिले बादलले छोपिएर मलाई जिस्क्याउथ्यो रे
कहिले बादलबाट हटेर मलाई अँगालो हाल्थ्यो रे
खै कस्तो आत्मियता हो उसँग
म पनि निंद्राले छIड्ने बितिकै
उसलाई भेटन हतारिन्थे रे।
.
जब म आमाको काख बाट ओर्लिएर
समाजसँग हिंडन कोशिस गर्दै गएछु
थाहा नपाई हरेक जन्मदिनको शुभ कामनामा
क्रमस:
समाजसँग हिंडन कोशिस गर्दै गएछु
थाहा नपाई हरेक जन्मदिनको शुभ कामनामा
क्रमस:
मेरा उमेरका बर्षहरु थपिदिदै गएछ ।
.
.
थाहा पाउने भएपछी
म पनि बच्चाबाट बयस्कतिर सर्दै गए
चम्किलो फुर्तिलो उस्को अनुहार
सधैं मेरो घरको बरण्डामा आउंथ्यो
स्फुर्ती भरेर मेरो पाइतालामा
उसले समयसँगै दौडन सिकाउथ्यो
म पनि बच्चाबाट बयस्कतिर सर्दै गए
चम्किलो फुर्तिलो उस्को अनुहार
सधैं मेरो घरको बरण्डामा आउंथ्यो
स्फुर्ती भरेर मेरो पाइतालामा
उसले समयसँगै दौडन सिकाउथ्यो
साहस भरेर मनमा
उसले समस्याभित्र पौडन सिकाउथ्यो
प्रत्यक रातपछी
पौरखी हात दियो
शायद आजकाल
जिम्मेवारीको बोझसगै
मलाई मेरो गृहस्थी गाडी चलाउन सिकाउदै होला ।
प्रत्यक रातपछी
पौरखी हात दियो
शायद आजकाल
जिम्मेवारीको बोझसगै
मलाई मेरो गृहस्थी गाडी चलाउन सिकाउदै होला ।
.
बिगतका दिनहरुमाझै
यसपाली पनि मेरो जन्म दिन आयो
अहिले म पाताललाई मेरो
आकाशको चिनारी पस्कदै थिए
खै कुन्नी उस्ले मलाई चिन्यो कि चिनेन
तर सधैंजस्तो आजपनि
मेरो बार्दलिमा आयो
दिनभरी मेरा छोराछोरीका लुगाफाटा सुकाएर
अपरिचित घरको धुरिबाट टाडियो ।
यसपाली पनि मेरो जन्म दिन आयो
अहिले म पाताललाई मेरो
आकाशको चिनारी पस्कदै थिए
खै कुन्नी उस्ले मलाई चिन्यो कि चिनेन
तर सधैंजस्तो आजपनि
मेरो बार्दलिमा आयो
दिनभरी मेरा छोराछोरीका लुगाफाटा सुकाएर
अपरिचित घरको धुरिबाट टाडियो ।
.
नम्रता गुरागाँई
मोरङ्, कोशी , नेपाल
हाल:- युस
Very nice poem. Thank you.
ReplyDeleteI like very much. It is a wonderful poem and touches my heart. Many thanks for the poet. Keep going and always share your creation for the readers like us.
ReplyDelete