kavita

कबिता



आमा तिमी महान......

आमा नसोंची दिनुहै निष्ठुरी रैछ छोरी भनि,
तिम्रो तस्बिर शिरानीमा राखेर सुतेकै हुन्छु।
तिम्रो त्यो ममता यो छातीभरि सम्हालेर राखेकै छु।
हरेकपल सँगै घुमेर आउने मातातिर्थ औंशीमा
तिम्रो पूजा दर्शन गरेकै हुन्छु।

पुष-माघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकि बसाई काखमा
आफ्नो साडीको बुकुलो सिलाई, कर्मी है चरी झैं
न्यानो पारी सुताउथ्यौ लुटुक्क यशोदा मैंया झै।

बिर्सेको छैन हल्लाउदैं कोक्रो फकाउँदै सुताउथ्यौ,
पिंठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्‍याउथ्यौ।
ज्वरो मत्र आउँदा धामी र जैंसी ओखती पिलाउथ्यौ,
तताई तेल मालिस गरी मुलो पट्टी लगाउँथ्यौ।

पटुकीले स्यापी ढिकी र जाँतोमा सँगसँगै लइजान्थ्यौ,
नानीलाई दुध पुग्दैन भनि ज्वानोको रस पिउँथ्यौ,
एकछिन पनि नदेख्दा मलाई आत्तिन्दै खोज्दथ्यौ।
हातम थमाई सिलेट र खरी 'क' लेख्न सिकाउँथ्यौ।

कु कु हाँ भनि लुकामारी खेल्न तिमीले सिकाउँथ्यौ।
बेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौ।
बदमास गर्दा कहिलेकाहीं घोचो लि खेद्दथ्यौ,
घर वरिपरि म चाहीँ भाग्थें तिमी चाही थाक्दथ्यौ।

पाली र टाली सम्राट पार्‍यौ बिदेश जाने भएँ म
जहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टारन,
आज पनि न्यास्रो कोन्यास्रै छ तिम्रो मुहार
दक्षिणकालीमा गइ माग्दैछौ अरे मेरो लागी गुहार।

दश महिना सम्म गर्भमा राखी यो संसार देखायौ,
तोते बोली देखी हिंड्न ताते भनि सिकायौ
साँच्चाइ तिमी महान छौ धन्यबाद कोटी-कोटी
सक्दिन रिण चुकाउन यो जुनी गरि कन जति जति।

मिना बान्तवा राई
अनारमनी-३ बिर्तामोड
हाल: तिबेरिया, इजरायल

11 comments:

  1. nice poem you have touched heart, keep it up.

    ReplyDelete
  2. Mina sis, dherai raamro chha kabitaa lekhne koshis garnu holaa shubhakaamanaa,

    Birodh 'sagar'
    Swnindon U.K.

    ReplyDelete
  3. Meena ji aama ko mamata lai sabdama utarnubhayechha hami pravasma raheka haru lai aama samjhera aakha rasauna badhya banaunu bhayo . sabda ra saili ma kehi dhyan dinuhola safalta ko subha-kamana. sathai Desh Didesh ma rahanu hune samasta Nepali daju bhai tatha didi bahini haruma Vijaya Dhami 2066 ko Mangalmaya Shubha-Kamana

    Bimal Gautam
    Saudi Arabia

    ReplyDelete
  4. आमाको ममतालाइ पोल्टा भरि राखेर, आमासँगका यादहरूलाइ हृदयमा सम्हालेर विदेशी भुमिबाट फेरिपनि आमाकै लागि पस्कनुभएको कविता मर्माहित र अर्थपूर्ण छ।

    ReplyDelete
  5. dherai ramro cha mina g
    yaslai aja nirantarta dirahanu hola
    tapaiko srijanale arulai hasaunu vaneko nai dibya muhar khulaunu ho
    indra

    ReplyDelete
  6. woot!woot!! wat a fantastic sista, better than d best, i like it.

    John Ragland
    Nepali Student

    ReplyDelete
  7. मिना जी धेरै नै राम्रो कबिता छ खुशी लाग्यो आमा भनेका हाम्रा निर्माता हुन हामीले उहाहरुलाई आदर र माया दिन सक्नु नै महानता भित्र पर्छा फेरी फेरी पनि लेख्नु होला मा सधै तपाईको खोजी खोजी पढ्छु.

    साजन राई
    अबुधाबी यु. ए. ई.

    ReplyDelete
  8. minku bahini namaste, kabita ekdam ramro chha. pheri pheri yastai lekhnu hola.ma sadhai padne gardachhu.antama bahini minku lai mero bijaya dashami ani depawaliko subhakamana
    Daju shree uk

    ReplyDelete
  9. hello John are you african? or south American, what kind of your pronounce? I really shocked.

    Nepali Kanchho

    ReplyDelete
  10. dhnny bad bibas ji,
    happy dasami and diwali ko suvkamana
    mero kabita manparai dinu vakoma.
    `mina bantawa,

    ReplyDelete
  11. आफ्नो बालक पनलाई सम्झदै आमा संग टाढा रहनु पर्दाको पिडालाई राम्रो संग उतार्नु भयको छ संचिनै यो एउटा बास्तबिकता पनि हो मिना बान्तवा जी !!!!!! औदाका दिन हरुमा पनि हजुर बाट अरु धेरै आशा राख्दछु कलमलाई निरन्तरता दिन भने जीवनको अन्तिम पल सम्म पनि नछाड्नु होला भन्ने शुभ कामना !!!!!! राजु कुँवर साउदी अरेबिया Email:raju_kanwar58@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin