kavita

पद्यात्मक कविता



बडादशैं तिमी,,,,!

आयौ बडादशैं तिमी, हाम्रो आँगनीमा रमाउँन
हिन्दूहरु सबैलाई, हाँसो-खुशी दिई हसाउँन
परदेशबाट परदेशीलाई, घर फर्काउँन
नातागोता परिवारसँगै बसी, पर्व मनाउँन।

गेरु र कमेरो माटोले, घरहरु पोत्छन अनी
पूजापाठमा बस्छन, दुर्गाले बास गर्छन भनी
दोबाटो र चौबाटोहरुमा, लाउँछन पिङ्ग पनि
सबले मान्ने तिमीलाई, नत गरीब नत धनी।

माईती मावली जान्छन, निधारमा टिको लाउँन
बृद्ध बाबाआमाको हृदयबाट, आशिर्बाद् पाउँन
बालबच्चा सबै खुशी, नयाँ पहिरन लगाउँन
मान्दैनन् कोहीपनि टाढा, मावली घरतिर जान।

डाँडा गाउँ र दोभानेमा, लाग्लान फूलपाती मेला
चेलीको पाउमा माईतीको ढोग, भेट् भएको बेला
छोरी र छोरा दुबै बराबर, कोही हुँदैनन् हेला
दक्षिणा छैन गोजीमा चेलीलाई, अनी पर्छन् फेला।

आमा,दिदी,बहिनी! हुने भो खाली, टिकाको थालमा
परदेशी जीवन्, घरको सम्झना, मात्रै छ हालमा
मनाऔं दशैं, गरुँला रमाइलो, भबिष्यत् कालमा
छुट्टी पाईन ऐले, अबष्य आउँछु अर्को सालमा ।

परिवार् जनमा उमंग दिएर जाऊ बडादशैं
गौरब, शान्ति र स्थायित्वको अनुभुति दिलाई
नेपालीहरुको घरदैलोमा खुशीको दिप् जलाई
सम्पूर्ण देश र जनतामा दिएर जाऊ बधाई !।

अर्जुन दुङमेन्,
बगदाद,ईराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin