kavita

कबिता

अक्करैमा अल्झ्यो जीवन..........................!

आँखा चिम्ले अनि हेरें मनको खातापाता
हिसाब गरें जिन्दगीको रैछ घाटै घाटा
सम्झे उमेर गैसकेछ आधा जती उसै
फर्कदैनन बितेका दिन रूओँ जतिसुकै
मरी लानु के नै छ र? भनि हिंडे पहिले
पस्चातापको भुमरिमा जलिरहेछु अहिले
हिंड्नु पर्ने बाटै भरि रैछ काँडै काँडा
अक्करैमा अल्झ्यो जीवन नपुग्ने भो डाँडा
मनको वहाँ पोखुँ भने हाँस्लान मरी मरी
पागल सरी रोई-रोई हिंडु म कसरी
बिगतमा अन्धो भाको सम्झी राछु आज
आँफैदेखि आँफैलाई लागि राछ लाज
मर्मा पर्‍यो डढेलोमा भयो आत्था आत्था
खरानी झैं बिलाउने भो मेरो जीवनगाथा ।

बेद बहादुर रानामगर
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin