जा ए ६६ साल ,,,,!
जा ए ६६ साल फर्किएर नहेरी जा 
तेरा दुष्कर्म हरु साथै लिएर जा 
बास्पानी र डूड़े झारीको घटना लिएर जा 
जमिम,सिन्हानिया हरुको रगत पिएर जा 
सुन्तली धामी केभन्छिन उनलाई सोधेर जा 
स्वर्ग जानेकाम गरिनस नर्कको बाटो रोजेर जा 
जा ए ६६ साल ................................
संसद भित्रको किचलोहरु आफैं लिएर जा 
संबिधान घोषणा गर्ने मन्त्र त्यहाँ दिएर जा
कहिले नसकिने सत्ताको खेल रोकेर जा 
आज सम्मको कुकर्म नछोडी बोकेर जा 
जा ए ६६ साल फर्किएर नहेरी जा 
तेरा दुष्कर्म हरु साथै लिएर जा 
-बिमल गौतम 
मोरङ नेपाल 
हाल: साउदीअरेबिया 
 
 
 
 
 
 
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)