घाइते सिपाही
अरु जस्तै हिडने तिम्रो खुट्टा छैन
बाँकी जीवन भर्ने बुट्टा छैन
देशको बाटो बनाउन हिडेथ्यौ युद्धमा
खुट्टा हुनेहरु तिम्रो सहरा हुने हो कि होइन
संसार हेर्ने तिम्रो दृष्टि छैन
फेरि पैला जस्तो हुने सृष्टि छैन
देशको आँखा जोगाउन लडेथ्यौ तिमी
आँखा हुनेहरुले तिमीलार्इ हेर्ने हो कि होइन
युद्धमा छुटेको अंग,आशा फर्किएको छैन
बहादुरीको तक्मा चर्कीएको छैन
देशको लागि लड्दा घाइते भयौ तिमी
तिम्रो तक्माले बाँकी सास चल्ने हो कि होइन
–अप्जसे कान्छा,
ब्रेकन,वेल्स
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)