"प्रेम पत्र मा प्रवाशी "
प्रिय प्रवाशी फलानो
म तिम्रो .............................
म तिम्रै ...........................
तिम्रै म .............................
तिम्रै मुटु- यानिकी म तिम्रै हु /
भावनावाट अलिमाथि उभिएर
उकुस्मुकुस मायाका गन्थनहरुलाई
सानो प्रेम पत्रमा पोख्दैछु
सम्बोधन तिमीलाई सागरमाथा
प्रवाशी, गोरखाली ,बहादुरी =नेपाली
निशाना पहिचानको नेमप्लेट
यही पहिचानलाई उन्मुक्त बनाउने सयरमा
छुट्टीएका दुई मुटु एक धड़कन
हर समयको रफ़्तारसंगै
केवल स्मिर्तिका बिम्बहरुमा प्रतिबिम्बित हुन्छन् /
कर्णालीका गहिराई हुदै नारायणीको लम्बाईसंगै
तराईमा फाटहरुमा निस्फिक्री भएर
रारातालमा सगलो देख्छु
त्यसैले ,प्रिय प्रवाशी फलानो
प्रवाशी जीवनका यादहरुलाई भुलाउनु
अलिकती समय झिकेर
जुनेली रातमा आकाश हेर
शान्त समुद्रको छाल नियाल
पाऊने छौ मेरो अनि रास्ट्र को
अघोर ,चोखो समुद्र पारीको माया
प्रिय प्रवाशी फलानो
बिस्वास गर या नगर -यो तिम्रो जिम्मा हो
तिम्रो यादहरुलाई नाम्चेकी शरेपेनी दिदिको निगारसंगै पीइदिन्छु
सकेलाका धुनहरुमा नचाईदिन्छु
पालमका सुरहरुमा बहिदिन्छु
त्यस बेला ,मेरो मायाका चुम्बकले
तिम्रो मुटुलाई तानेर तिमीलाई हिकि -हिकी बडुली लाग्दो होला
यस बेला म तिमीलाई
प्रतिबिम्बमा चुम्बन गरिरहेको हुन्छु
ल त प्रिय
कोकटेल जिन्दगिलाई स्मिर्तिको बोत्तलबाट
कल्पनाको ग्लासमाँ पिउदापिउदै
सुन्दर सपनाको जहाजमा
समय को रफ़्तारसंगै
सागरमाथाबाट केचना आइपुगेछु
पुन :म तिमीलाई अर्को पत्रमा
सागरमाथा सहित चोखो माया लेख्नेछु
त्यसैले ,हवस त बिदा
प्रिय प्रवाशी फलानो……………………./
आशा ईङनाम (कन्दङ्वा)
आठराई तेह्रथुम
हाल टोकीयो जापान
kabita sarai bhawa paraka chha..... yasalaai nirantarataa dinuholaa.... badhaai.
ReplyDeleteSimaa 'SAMAAPTI'
Thank you for suggestion.
ReplyDeleteबिहानी उज्यलोलाई पर्खादै , अधेरी रात भर रुमालिया पनी , झरना झै तिर्खैमा तद्पिया पनी , सहारा को बाटो परिबर्तन नहोस , यात्रा निरन्तर चलिराहोस , हुरिबतास को लहर जातीने चले पनी कर्मको दियो अटूट बलिराहोस happy new year २०६७ को अबसर माँ सु सबद सुभकामना : नया बसंतको पलुवाले सजियोस जीबन , प्रेम र खुसीले भारियोस मन ,,,,,, Bhojpure Rai

ReplyDeleteThank you.
ReplyDelete