kavita

कबिता


तिमी पाउँने चाहाना‏

हिजो भूलेर आज तिमीमा मेरो संसार सजाउँदा
की पाप हुन्छ तिम्रो नामसँग मेरो नाम मिसाउँदा

तिमी पाउँने चाहाना राखेर की मैले गल्ती गरे
देवता भाँकेर की मैले तिमी माथि अन्याय गरे

किन चूपचाप छौं,तिमी कुनै शब्दको प्रहार बिना
केवल म'त बेवारिस् लाछ'झै तिम्रो साथ बिना

बिलेको दीप छोएर तिमी कसम खाउँ या नखाउँ
चाहाना मेरो सुन्छौं भने यो जूनी मसँगै बिताउँ

पानी छोएर औंला चोपेर बिस्वाश नै'दिलाउँनुको
बेर्थै हुन्छ चोखो मायामा कसम र कृया खानुको

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin