यस्तो पो दसैं ! 
सानो प्लास्टिकको झुपडीमा 
दिनभर घामले उज्यालो चियाउँछ 
रातीभरी जुनले हनिमुन मनाउँछ 
चुलोमा आगो नबल्ने
लालाबाला भोका नाङ्गा छन् 
छाक टार्ने समस्यामा म श्रमिकको 
यस्तो पो दसैं !
दिनभर कामको खोजीमा िहंड्दा 
देशले काम दिन सकेको छैन 
मसँग भएको सीप र क्षमता 
मुलुकले सदुपयोग गर्न सकेको छैन 
तर मुलुकका संचालकले मस्ती गर्छन् 
म बेरोजगार !
नाना छाना र दानाको खोजीमा छु 
यस्तो पो दसैं !
विदेशमा सस्तो श्रम बेच्दा पिन 
साहुले झुपडीको बास नै उठाउँछ 
घरमा भएका बृद्ध बाबु आमा र लालबालको 
गाँस बास र कपास सबै लुटिन्छ 
धनको सट्टा जीवन शरण र मरणमा छ 
तर जन्मुभूमि मातृभूमिको अस्त्वि गुमाउँदै 
गुमनाम भएको म परदेशीको
यस्तो पो दसैं !
सुमन बैरागी 
हर्मी-९ गोर्खा

 
 
 
 
 
 
ramro 6 kabita
ReplyDeletedb lama
iraq